यी हुन् ओमानबाट नेपाल फर्कन चाहनेले तयार पार्नुपर्ने कागजपत्र | Khabarhub Khabarhub

यी हुन् ओमानबाट नेपाल फर्कन चाहनेले तयार पार्नुपर्ने कागजपत्र



दोहा : ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २३ जुलाई २०२० को निर्णयानुसार ओमानको रेसिडेन्स पर्मिट बाहक नागरिकहरू त्यहाँको परराष्ट्र मन्त्रालयको स्वीकृतिमा ओमान फर्कन दिने निर्णय गरेको छ ।

ओमानस्थित नेपाली दूतावासका अनुसार हाल बिदामा नेपालमा रहेका तथा आफ्नो कम्पनीले ओमान फर्कन अनुरोध गरेका मध्ये इच्छुक नेपाली नागरिकहरूलाई देहायबमोजिमको दूतावासमा सम्पर्क गरी आफ्नो विवरण टिपाउन अनुरोध छ।

आवश्यक पर्ने कागजपत्र : रोजगारदाताले ओमान फिर्ता बोलाएको तथा सम्बन्धित कर्मचारीको ओमानमा पुरा गर्नु पर्ने स्वास्थ्य सम्बन्धी प्रकृया तथा जिम्मेवारी रोजगारदाताले बहन गर्ने पत्र।

ओमानको रेसिडेन्स कार्ड तथा नेपालको राहदानीको प्रतिलिपि।

नेपालको वैदेशिक रोजगार विभागबाट जारी भएको म्याद भएको श्रम स्वीकृति। ६ महिना भन्दा बढी अवधि नेपाल बसेको भए ओमानको सम्बन्धित निकायको अनुमति पत्र।

साथै परराष्ट्र मन्त्रालयबाट जारी हुने अनुमतिपत्र सम्बन्धित कम्पनीले आफैं निकाल्न पनि सक्नेछ अन्यथा हालको उडानलाई यस दूतावासबाट सम्बन्धित एअरलाइन्ससँगको समन्वयमा निकाल्न सहयोग गरिनेछ समेत दूतावासले जनाएको छ । थप जानकारी लिन परेमा दूतावासका द्वितीय सचिव सोमेश थापालाई ९२६४०१४० सम्पर्क गर्न सकिने जनाएको छ ।

हाल नेपालमा रहेका नेपाली नागरिकहरूलाई अगष्ट १४ तारिख अर्थात् साउन ३० गते हुने सलाम एअरको विशेष उद्दार उडानबाट ओमान फर्कन सहजीकरण गर्ने निर्णय भएकोले त्यसरी फर्कनुपर्ने नागरिकहरूको सूची तयारी गरिरहेको दूतावास जनाएको छ ।

ओमानबाट समस्यामा परेका १८० नेपाली अगस्ट १४ मा हुने उक्त उडानमार्फत स्वदेश फर्कने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ११ : ४३ बजे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र