सांसद् प्रदीप यादवलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

सांसद् प्रदीप यादवलाई कोरोना भाइरसको संक्रमण


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्साबाट निर्वाचित सांसद् प्रदीप यादवलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

‘मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसुलेट गरेर अहिले आराममा छु,’ सांसद यादवले फेसबुकमा लेखेका छन् ।

कोरोना नियन्त्रणका लागि सीमामा आवतजावतमा रोक लगाउन पर्ने तथा वीरगञ्ज क्षेत्रमा ५ सय शैय्याको अस्पताल निर्माण गर्नुपर्ने उनले माग गरेका छन् ।

सुरक्षित रुपमा बस्न, विना मस्क घरबाट बाहिर ननिस्कन र सामाजिक दूरी कायम राख्न सबैमा आग्रह गर्दै आफू कोरोना मुक्त भएर जनाताको सेवामा चाडै फर्किने प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : ५४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र