७ सय गोल क्लबमा प्रवेश गरे मेस्सी, बने सर्वाधिक गोल गर्ने सातौं खेलाडी | Khabarhub Khabarhub

७ सय गोल क्लबमा प्रवेश गरे मेस्सी, बने सर्वाधिक गोल गर्ने सातौं खेलाडी


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस महारथि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले खेल जीवनमा ७ सय गोलको कोसेढुङ्गा पार गरेका छन् । बुधबार बिहान क्याम्प नाउमा भएको खेलमा एट्लेटिको मड्रिडविरुद्ध खेलको ५० औं मिनेटमा गोल गर्दै सात सय गोलको कोसेढुङ्गा पार गरेका हुन् ।

उनले पेनाल्टीमार्फत ७ सयौं गोल पूरा गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ७ सय गोल पूरा गर्नुलाई नयाँ कोसेढुंगाका रुपमा व्याख्या गरेका छन् । उनले ६ सय गोल पुरा गरेको १४ महिनामै ७ सय गोल पूरा गरेका हुन् ।

रेकर्डडटस्पोट्सडटसोकर स्टाटिस्टिक फाउण्डेसनका अनुसार मेस्सी ७ सय गोल पुरा गर्ने सातौं खेलाडीसमेत बनेका छन् ।

सात सय गोल पूरा गर्नेमध्ये मेस्सी र क्रिस्टियानो रोनाल्डो वर्तमान खेलाडी हुन् । जसमा मेस्सीभन्दा २६ गोल बढी गर्दै रोनाल्डो छैटौं स्थानमा छन् ।

विश्वमा सय गर्ने पहिलो खेलाडी हुन्, चेक–अस्ट्रियन जोसेफ बिकान । उनले सन् १९३१ देखि १९५५ सम्म को आफ्नो खेल करियरमा ८ सय ५ गोल गरेका थिए ।

दोस्रो खेलाडी हुन् ब्राजिलका रोमारियो । उनले सन् १९८५ देखि २००७ सम्म खेल्दै ७ सय ७२ गोल गरेका थिए ।

सात सय गोल पुरा गर्ने तेस्रो खेलाडी हुन् ब्राजिलका लिजेन्ड पेले । उनले सन् १९५७ देखि १९७७सम्मको आफ्नो खेल करियरमा ७ सय ६७ गोल गरेका थिए ।

हङ्गेरीका फेरेन्स पुसकास सात सय गोल पूरा गर्ने चौथो खेलाडी हुन् । उनले सन् १९४३ देखि १९६६ सम्मको खेल करियरमा ७ सय ४६ गोल गरेका थिए ।

यस्तै, जर्मनीका गेर्ड मुलर सात सय गोल पुरा गर्ने पाँचौ खेलाडी हुन् । उनले सन् १९६२ देखि १९८१ सम्मको खेल करियरमा सात सय ३५ गोल गरेका थिए ।

७ सय गोल पूरा गर्ने छैटौं खेलाडी हुन् युभेन्ट्सका क्रिस्टीयानो रोनाल्डो । उनले २००२ देखि हालसम्म ७ सय २६ गोल गरिसकेका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : ५७ बजे

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस