बिरामी नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगरिने | Khabarhub Khabarhub

बिरामी नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगरिने


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमणको लक्षण नभएका तथा बिरामी नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेट मार्फत लक्षण नदेखिएका कोरोना संक्रमितलाई अस्पतालमा भर्ना नगर्ने बताएका हुन् ।

डा देवकोटका अनुसार अबदेखि कोरोना संक्रमितहरुलाई लक्षण भएको र नभएको आधारमा छुट्टाइने छ । कोरोनाको लक्षण देखिएका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गरिने डा देवकोटाले बताए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्य मन्त्रालयले लक्षण देखिएका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्ने तयारी गरेको हो ।

‘संक्रमितहरुको संख्या बढेसँगै अब हामीले संक्रमित र बिरामी भनेर छुट्याउनुपर्ने हुन्छ,’ प्रवक्ता डा देवकोटाले भने, ‘संक्रमितहरु जो लक्षण छैन, उनीहरुलाई अस्पतालमा नराख्ने र लक्षण देखिएका बिरामी भएका संक्रमितलाई मात्र अस्पतालमा राखिनेछ ।’

उनले संक्रमितको संख्या बढ्दै जाँदा लक्षण नदेखिएका संक्रमितहरु घरमै क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था समेत आउन सक्ने बताए ।

डा देवकोटाले मापदण्ड पुगेका क्वारेन्टाइनलाई नै आइसोलेसनमा विकास गर्ने तयारी पनि भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ७ : ५७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र