सांसदहरुले भने–सीमा विवाद हल गर्न र रुकुम घटना छानबिन गर्न सरकारको ध्यान जाओस् | Khabarhub Khabarhub

सांसदहरुले भने–सीमा विवाद हल गर्न र रुकुम घटना छानबिन गर्न सरकारको ध्यान जाओस्


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम घटनाको छानबिन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानविय घटना र सीमा विवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद अतहर कमाल मुसलमानले लिम्यिाधुरा, लिपुलेक र कालापानी समेतको नक्सा जारी गरेपछि सरकारले भूमिमाथिको स्वामित्व ग्रहण गर्नुपर्ने बताए ।

नक्सा मात्रै जारी गरेर नहुने उल्लेख गर्दै उनले दार्चुला तिंकर सडकको ८७ किलोमिटर ट्रयाक खोल्ने काम अझै हुन नसकेको बताए ।

सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको बताए । अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साँट्न नसकिने उल्लेख गर्दै उनले भने, ‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन । नमिचिएको गाउँ छैन् । भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्‍यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?’

सांसद घनश्याम खतिवडाले कुटनीतिक वार्ताबाट समस्या सुल्झाउन भारत तयार नभएर पूर्वमा काँकडा र पश्चिममा टिष्टासम्मको भूमि दावि गर्नुपर्ने बताए ।

सांसदचन्दा चौधरीले रुकुम घटनाको विषयमा गृहमन्त्रालय किन चुप लागेको भन्दै प्रश्न गरिन । दलित भएकै कारण रुकुममा अमानविय घटना घटेको उल्लेख गर्दै उनले भनिन्, ‘दलितका लागि दलित नै, मधेशीका लागि मधेशी नै, महिलाका लागि महिला नै बोल्नुपर्ने अवस्था कहिलेसम्म रहन्छ ?’

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १ : ०३ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्