एकजनामा कोरोना पुष्टि भएपछि नेपालगञ्जका चार स्थान 'सिल' | Khabarhub Khabarhub

एकजनामा कोरोना पुष्टि भएपछि नेपालगञ्जका चार स्थान ‘सिल’


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – नेपालगञ्जका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाका अनुसार नमूना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो र उनी भेरी अस्पतालमा रहेका छन् । डा देवकोटाका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा संक्रमितलाई ल्याउँदै गरिएको छ ।

ति पुरुषमा संक्रमण देखिएपछि नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले जानकारी दिए ।

संक्रमित व्यक्तिको आवतजावत भएको सम्भावित स्थानलाई सिल गरिएको हो ।

संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो ।

नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको छ । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए ।

उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उनको पनि स्बाव संकलन गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ४ : ४८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र