क्वारेन्टाइनमा राखिएका युवाद्वारा आत्महत्या | Khabarhub Khabarhub

क्वारेन्टाइनमा राखिएका युवाद्वारा आत्महत्या


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतामाई– उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएका १ युवकले बुधबार राति आफ्नी श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए । केही दिनअघि श्रीमतीसँगै काठमाडौँबाट घर आउने क्रममा विकलाई जनता क्याम्स मुर्कुचीको क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाले जनाएको छ ।

श्रीमतीको सल निकालेर भित्ताको रडमा बाँधी घाँटीमा बेरेर विकले आत्महत्या गरेको खुल्नमा आएको अध्यक्ष खड्काले बताए ।

अध्यक्ष खड्का अनुसार, अहिले जनता क्याम्सको क्वारेन्टाइनमा विकको सर्जिमिन मुचुल्का गर्ने काम शुरु भएको छ । विक र उनकी श्रीमती काठमाडौं चाबहिलमा बस्दै आएको र पोखरा–काठमाडौँ ट्राभल एजेन्सीमा काम गर्ने गरेका थिए ।

उनलाई वैशाख ११ गतेदेखि रौता जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । प्रहरी चौकी मुर्कुचीका प्रहरी टोलीले सर्जिमिन मुचुल्का गर्ने काम भइरहेको र विकका आफन्तलाई पनि घरबाट झिकाउने काम भएको अध्यक्ष खड्काले बताए । विकले आत्महत्या किन गरे भन्नेबारे केही खुल्न नसकेको उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ४ : ०३ बजे

ब्रोकर कमिसन कटौती : काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर !

काठमाडौं– नेपालमा एउटा निकै चर्चित उखान छ – ‘काम कुरो

२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

काठमाडौं– इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि

एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै

राष्ट्रिय सुरक्षा नीतिलाई सबैले गम्भीरतापूर्वक लिनुपर्‍यो : रक्षामन्त्री

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिलाई राजनीतिक नेतृत्वलगायत सबैले

संविधानमा उल्लेखित प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थाल्यो : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालको संविधानमा उल्लेख