काठमाडौं महानगरका ३२ वटै वडामा राहत सामग्री वितरण शुरु | Khabarhub Khabarhub

काठमाडौं महानगरका ३२ वटै वडामा राहत सामग्री वितरण शुरु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले विश्वभरी फैलिएको कोभिड–१९बाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका लागि आजदेखि राहत सामग्री वितरण शुरु गरेको छ ।

महानगरपालिकाले विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार सङ्ख्याका आधारमा राहत उपलब्ध गराउन शुरु गरेको हो ।

राहत वितरणको पहिलो दिन आजदेखि वडा नम्बर १५, ७, २, ५, १०, ८ र ६ लगायतमा वितरणको काम गरिरहेको छ । मङ्गलबार कार्यपालिकाको ४३औँ विशेष बैठकले ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड २०७६’ जारी गर्दै गरेको व्यवस्थाअनुरुप महानगरले राहत सामग्री वितरण गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।

यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेका सबैलाई समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

मापदण्डले अभिभावक नभएका, आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ । यस परिभाषाभित्र महानगर क्षेत्रमा सञ्चालनमा रहेका अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्तिलाई पनि राखिएको छ । त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

महानगरका प्रवक्ता ईश्वरमा डङ्गोलका अनुसार त्यस्ता परिवारको विवरण राख्ने काम र वितरणको कामसँगै भइरहेको छ त्यसैले अहिले कतिको सङ्ख्यामा रहेका छन् भनि एकिन जानकारी छैन । दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भन्नाले सङ्गठित संस्थामा काम गर्ने बाहेक महानगरमा विगतदेखि दैनिकरुपमा ज्याला मजदूरी गर्दै आएका, काठमाडौँमा घरजग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मजदूर भनिएको छ । यस परिभाषाले, काठमाडौँमा घरजग्गा भएका वा नभएका बेरोजगार युवालाई नसमेट्ने मापदण्डले उल्लेख गरेको छ ।

राहत दिन परिवार सङ्ख्याका आधारमा खाद्य सामग्रीको प्याकेट बनाउनु पर्नेछ । यदि एकजना मात्र व्यक्ति बस्ने रहेछ भने यसका लागि तयार पारिएको प्याकेटमा चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी हुनेछ ।

दोश्रो प्याकेटमा १२ किलो चामल, दुई किलो दाल, एक किलो नुन, आधा लिटर तेल, दुई किलो चिउरा र तीन किलो तरकारी हुनेछ । यो दुई जनादेखि चारसम्मको परिवारका लागि हो ।

यदि कुनै परिवारमा पाँच जनाभन्दा धेरै रहेछन् भने उनीहरुका लागि १६ किलो चामल, तीन किलो दाल, एक किलो नुन, एक लिटर तेल, तीन किलो चिउरा र चार किलो तरकारीको प्याकेट हुनेछ । यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : ४८ बजे

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०