कोरोना भाइरसः भारतमा ४५ जनाको मृत्यु, महाराष्ट्रमा मात्र १० जनाले ज्यान गुमाए | Khabarhub Khabarhub

कोरोना भाइरसः भारतमा ४५ जनाको मृत्यु, महाराष्ट्रमा मात्र १० जनाले ज्यान गुमाए


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण विश्वमा ४२ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । विश्वभर ८ लाख ५९ हजार ८०० जनामा कोरोना भाइरसको संक्रमण दखिएको छ ।

अहिले सम्म विश्वमा १ लाख ७८ हजार ३ सय ३५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण छिमेकी मुलुक भारतमा ४५ जनाले ज्यान गुमाएका छन् ।

भारतमा १ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ । भारतमा १९३ जना नयाँ संक्रमित देखिएका छन् । पछिल्लो तथ्यांकहरुका अनुसार मृत्यु हुनेमध्ये १० जना नयाँ बिरामी छन् ।

भारतममा कोरोना लागेका मध्ये १ सय ४८ जना निको भएका छन् ।

इन्डिया टुडेका अनुसार कोरोना भाइरसका कारण भारतको महाराष्ट्रमा सबैभन्दा धेरै १० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै गुजरातमा ६ जना पञ्जावमा ४, मध्यप्रदेशमा ४ तथा कर्नाटकमा तीन जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै वेस्ट बंगालमा तीन जना, दिल्लीमा दुई, केरलामा २ जना, तेलङगनामा २ जना तथा जम्बु र कास्मीरमा २ जना को मृत्यु भएको छ । तामिलनाडु, बिहार तथा हिमाञ्चल प्रदेशमा कोरोनाका कारण एक एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १ : ३० बजे

शंखमु्लमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित

कुशल भुर्तेलले नै दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो  सफलता हासिल गरेको

बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको