बढी मूल्यमा मास्क बेच्ने चिनियाँ व्यवसायी पक्राउ | Khabarhub Khabarhub

बढी मूल्यमा मास्क बेच्ने चिनियाँ व्यवसायी पक्राउ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेको छन् ।

चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्कीको बैदाममा रहेकी उनलाई एक हजार एक सय ५० थान मास्कसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार ४ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँ भन्दा बढीमा बेचेको पाइएकाले उनलाई पक्राउ गरिएको हो ।

पोखरामा व्यवसाय गर्दै आएकी उनलाई चैत १५ गते पक्राउ गरिएको थियो । १६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५० हजार रुपैयाँ धरौटी तिराएर रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : २२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत