खुला सीमाबाट भारत प्रवेश गर्न खोज्ने ३५० भारतीय पक्राउ | Khabarhub Khabarhub

खुला सीमाबाट भारत प्रवेश गर्न खोज्ने ३५० भारतीय पक्राउ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पैदल हिँडेर खुला सीमा क्षेत्रबाट स्वदेश जान खोज्ने ३ सय ५० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले इनरुवा नाकाबाट भारत प्रवेश गर्न खोज्ने ३ सय ५० जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार पक्राउ परेकाहरु पोखरा, चितवन लगायत क्षेत्रबाट पैदल हिँडेर वीरगन्ज आइपुगेका हुन् ।

मंगलबार मध्यराति भारत प्रवेश गर्न खोज्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको एसपी पन्तले बताइन् ।

पक्राउ परेकालाई अहिले वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस र अर्को एक छात्रबासमा राखिएको छ ।

उनीहरुलाई आएको ठाउँमै फिर्ता पठाउने वा वीरगन्जमा नै क्वारेनटाइनमा राख्ने भन्ने विषयमा छलफल भइरहेको एसपी पन्तको भनाइ छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : ३१ बजे

बाबुरामको गुनासो : प्रचण्डले गोरखाबाट जितेपछि धोका दिए, सत्तामोहमा डुबे

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल

नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट

काठमाडौं– नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका विनोद भण्डारी

कार रोकेर सेतीमा नुहाउन पस्दा डुबेका पुरुषको शव भेटियो

डोटी- सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एकजना पुरुषको

जापानमा ९० लाख घर खाली

टोकियो– जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख

प्रचण्डलाई बाबुरामको चुनौती : प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा गएर चुनाव लडौँ

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासनविना समृद्धि