पोर्चुगलमा बच्चा र गर्भवतीसहित आठ नेपालीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

पोर्चुगलमा बच्चा र गर्भवतीसहित आठ नेपालीलाई कोरोना भाइरसको संक्रमण


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ। उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए।

उनीहरुमध्ये एक जनालाई दुई सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गराएका थिए। त्यसमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।

उनमा संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्य आठ जनाको पनि परीक्षण गरिएको थियो। त्यसमा सबै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए।

संक्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको जनाएको छ। उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ।

घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ। अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनको संक्रमण देखिने नेपालीको सङ्ख्या नौ पुगेको छ।

पछिल्लो समय कोरोनाको संक्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गरेका छन्। उनले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन्।

पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकर हमालले पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई घरमै बस्न आग्रह गरेका छन्।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : ०८ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही