बेलायतमा कोरोना भाइरस संक्रमित १३ वर्षीय बालकको मृत्यु | Khabarhub Khabarhub

बेलायतमा कोरोना भाइरस संक्रमित १३ वर्षीय बालकको मृत्यु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा एक १३ वर्षीय बालकको मृत्यु भएको छ ।

दक्षिणी लण्डनको ब्रिक्सटनका १३ वर्षे इस्माइल मोहमम्द अब्दुल्वाहबको कोरोना भाइरसका कारण मृत्यु भएको लण्डन हस्पिटल ट्रस्टले पुष्टि गरेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा मृत्यु हुनेमध्ये उनी सबैभन्दा कम उमेरका व्यक्ति रहेको बताइएको छ ।

बेलायतमा बुधबार विहानसम्म कोरोना भाइरसका कारण १ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बेलायतमा २५ हजार १५० पुगेको छ ।

मृत्यु भएका बालकको परिवारले उनमा कुनै पनि गम्भीर स्वास्थ्य समस्या नरहेको बताएका छन् । बालकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गएको शुक्रबार भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : ५९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र