एका बिहानै लकडाउन उल्लंघन गर्ने ५ सय २२ जना पक्राउ | Khabarhub Khabarhub

एका बिहानै लकडाउन उल्लंघन गर्ने ५ सय २२ जना पक्राउ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज नवौं दिन । काठमाडौं उपत्यका लगात मुलुकका मुख्य शहर सुनसान बनेका छन् ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ । आज बिहान सात बजेसम्मको समयमा लकडाउन उल्लंघन गर्ने ५ सय २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा ४ सय २२ जना पुरुष र ८० जना महिला रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी लकडाउनको उल्लंघन गर्ने ४४ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ ।

प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : ३५ बजे

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा– मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक