सेनाले तयार पार्‍यो ३० ‘हाइकेयर’ सहित १०० शय्याको आइसोलेसन | Khabarhub Khabarhub

सेनाले तयार पार्‍यो ३० ‘हाइकेयर’ सहित १०० शय्याको आइसोलेसन


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसले विश्वव्यापीरुपमा महामारीको रुप लिएको छ । २०२ मुलुकमा फैलिएको संक्रमणबाट ४२ हजार १ सय २ जनाले ज्यान गुमाएका छन् । ८ लाख ५६ हजार ९ सय बढी संक्रमित छन् ।

विभिन्न मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा लिन विविध कदमहरु चालेका छन्। तथापि कोरोना नियन्त्रणमा आउन सकेको छैन। अझ फैलँदो अवस्थामा देखिएको छ। नेपालमा पनि कोरोनाको सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले विभिन्न कदम चालेको छ। सरकारले अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

कोरोनाको सङ्क्रमणलाई फैलन नदिन सरकारले सम्पूर्ण हरसम्भव प्रयास गरेको छ। सङ्क्रमण फैलिहाले नियन्त्रणमा लिन र सङ्क्रिमतको यथाशक्य चाँडो उपचार गर्न पनि भरपर्दो प्रवन्ध मिलाएको छ। सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि राजधानीको विभिन्न अस्पताललाई ‘हव’ अस्पतालका रुपमा तोकेको छ। राज्यका विभिन्न निकायले पनि सरकारको प्रयासमा ‘होस्टेमा हैँसे’ गर्दै अग्रसरता देखाइआएका छन्।

सरकारले सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रुपमा घोषणा गरिसकेको छ। नेपाली सेनाले पनि कोरोना सङ्क्रमितको उपचारका लागि हाइकेयरसहितको ‘आइसोलेसन’ वार्ड निर्माण गरेको छ। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल परिसरभित्र सेनाले कोरोनाका बिरामीको उपचार गर्न उक्त व्यवस्था गरेको हो।

साधारण अवस्थामा ओपिडी सेवा सञ्चालन गर्ने तयारीका साथ ‘जिओपिडी’ कम्पलेक्स बनाइएको भए पनि सेनाले विश्वव्यापी महामारीको रुप धारण गरेको यो प्रकोपको चपेटामा परेकाको उपचार गर्न ‘आइसोलेसन’ वार्डका रुपमा यसलाई प्रयोगमा ल्याएको हो। नवनिर्मित कम्प्लेक्समा ३० शय्याको हाइकेयरसहित कम्तीमा एक सय शय्याको आइसोलेसन तयारी अवस्थामा राखिएको महासेनानी डा श्रीजन मल्लले जानकारी दिए। दुई वटा युनिटमा १५-१५ शय्याका दरले ३० शय्याको हाइकेयर युनिट राख्ने तयारी गरिएको छ।

आइसोलेनस कक्ष निर्माणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। यसको करीब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। आइसोलेसन वार्डमा बिरामीसँग कमभन्दा कम भेट हुने गरी शय्याको व्यवस्थापन गरिएको छ। वार्डलाई तीन भागमा विभाजन गरिएको छ । पहिलो क्षेत्रमा कोरोनाका सम्भावित बिरामीलाई क्वारेन्टाइनमा राखिने छ।

बिरामीको नमूना परीक्षण भएर कोरोना सङ्क्रमितको पुष्टि नभएसम्मका लागि सो क्षेत्रमा राखिने छ। कोरोना सङ्क्रमित पुष्टि भइसकेपछि बिरामीलाई दोस्रो क्षेत्रमा राखिने छ। कुनै सङ्क्रमितलाई हाइकेयरको आवश्यकता भएमा मात्र ३० शय्याको हाइकेयर युनिटमा राखिने छ। सिकिस्त बिरामीलाई अक्सिजनसहित चिकित्सकको निगरानीमा राखिने छ।

कोरोनाको आशङ्का गरिएका, पुष्टि भइसकेका बिरामीको एकै चोटि भेटघाट नहुने गरी शय्याको व्यवस्था गरिएको छ। बिरामीलाई खाना खान पनि छुट्टै प्रबन्ध गरिएको छ। बिरामीसँग कम भन्दा कम भेटघाट होस् भनेर सतर्कता अपनाइएको छ। बिरामीहरु खानाका लागि एउटा ढोकाबाट प्रवेश गर्ने र अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ।

सेनाले कोरोना सङ्क्रमितको उपचार गर्न २० शय्याको सघन उपचार कक्ष (आइसियु) निर्माण गर्दैछ। सैनिक अस्पताल परिसरमा रहेको एक भवनमा आइसियु निर्माण गर्ने तयारी गरिएको छ। सरकारले नेपाली सेनालाई कोरोनाका बिरामीको उपचारका लागि २० शय्याको आइसियु निर्माण गर्न निर्देशन दिएको थियो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आइसियु निर्माणका लागि दुई दिनअघि टेण्डर भइसकेको जानकारी दिए। एक साताभित्र उक्त क्षमताको आइसियु निर्माण गरिने उनको भनाइ छ। आइसियुका लागि आवश्यक उपकरणको बन्दोबस्त भइसकेको छ। आइसियु निर्माण गर्न सरकारले सेनालाई १० करोड उपलब्ध गराइसकेको छ।

त्यस्तै, सेनाको आन्तरिक स्रोतबाट सात करोड थप गरेर आइसियु निर्माण गरिनेछ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ५२ बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्