कोरोनाको सन्त्रास नहटुञ्जेल भोज-भतेर तथा सभा सम्मेलन नगर्न स्वास्थ्यमन्त्रीको आग्रह | Khabarhub Khabarhub

कोरोनाको सन्त्रास नहटुञ्जेल भोज-भतेर तथा सभा सम्मेलन नगर्न स्वास्थ्यमन्त्रीको आग्रह


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले  देशभित्र अन्तराष्ट्रिय कार्यक्रम नगर्न र विदेशमा हुने कार्यक्रममा नजान आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्री ढकालले नेपाल कोरोना भाइरस संक्रमणको जोखिमभित्र रहेको भन्दै कुनैपनि संघसस्थाहरुले नेपालमा अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रम गर्नु उपयुक्त नहुने बताएका हुन् ।

‘नेपाल सरकार,आइएनजीओ एन्जिओहरु तथा विभिन्न संघसस्थाहरुले अन्तारष्ट्रिय क्षेत्रलाई समेटेर राष्ट्रमा आयोजना गरेका कार्यक्रमहरु गर्न अहिलको सन्दर्भमा अनुपयुक्त हुन्छ,’ मन्त्री ढकालले भने, ‘सगरमाथा संवाद देखि विभिन्न विषयको कुरा गरिरहेका छौं । हाललाई यस्ता कामहरु स्थगित गर्नु सुरक्षाका लागि राम्रो हुन्छ कि भन्ने विषयमा निष्कर्षको नजिक पुगेका छौं ।’

मन्त्री ढकालले भिजिट नेपाल २०२० को विषयमा हुने अन्तराष्ट्रिय क्याम्पियनहरु कोरोनाको सन्त्रास नरोकिएसम्म गर्न नहुनेतर्फ समेत सचेत गराएका छन् ।

मन्त्री ढकालले नेपालभित्रै हुने भोज भतेर तथा सभाका कार्यक्रम समेत गर्न नहुने बताए ।

‘देशभित्रै पनि भोज भतेर तथा सभा सम्मेलन गर्न उपयुक्त समय छैन,’ मन्त्री ढकालले भने, ‘मान्छेहरु भेट्दा अंगालो हाल्ने, चुम्बन गर्ने भन्दापनि टाटैबाट नमस्ते गर्ने शैलीहरु अपनायौं भने रोग नियन्त्रणमा सहयोग पुर्‍याउने छ ।’

मन्त्री ढकालले कोरोना भाइरसको जोखिम कम गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल भित्रने तथा नेपालबाट अन्य देशमा जाने सबैको स्क्रिनिङ गर्ने गरिएको समेत जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : १० बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल