यी हुन् प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति | Khabarhub Khabarhub

यी हुन् प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ ।

नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा आइतवार अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

नेकपा अध्यक्ष प्रचण्ड भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोगना गरेको सभामा प्रचण्ड प्रमुख वक्ता (प्रमुख अथिति)को रुपमा सहभागी भएका थिए ।

प्रमुख वक्ताको रुपमा स्मृति सभालाई सम्बोधन गरेर फर्किने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर, जुत्ता भने प्रचण्डसम्म पुग्न पाएन ।

राष्ट्रिय सभागृहको दर्शक दीर्घामा रोस्टमपट्टीको घेरामा बसेका सहभागीले प्रचण्डमाथि जुत्ता प्रहार गरेका हुन् ।

प्रचण्डमाथि जुत्ता प्रहार गर्नेलाई सुरक्षाकर्मीले कार्यक्रम स्थलबाट बाहिर निकालेका छन् ।

तस्वीर : विष्णु क्षेत्री

पक्राउ पर्नेमा जुम्ला घर भएका २२ वर्षीय रतन तिरुवा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ४ : ४० बजे

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५