नसुल्झिएको ब्याटिङ : ‘कमजोर’ टोली सँगको लगातार हारले अन्योलमा नेपाली क्रिकेट | Khabarhub Khabarhub

नसुल्झिएको ब्याटिङ : ‘कमजोर’ टोली सँगको लगातार हारले अन्योलमा नेपाली क्रिकेट



काठमाडौं – एसीसी ईस्टन रिजन टी–२० क्रिकेट कपमा च्याम्पियन बन्दै एसिया कप क्वालिफायर पुग्ने लक्ष्यसहित थाइल्यान्ड गएको नेपाली टोलीले शुरुवाती दुई खेल गुमाइसकेको छ ।

शनिबार पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । दोस्रो खेलमा आइतबार हङकङसँग नेपालले मलेसियाभन्दा झण्डै दोब्बर रनले पराजित हुन पुग्यो । तर, संयोग लक्ष्य दुवै खेलमा एउटै थियो, १५५ रन ।

लगातार दुई खेलमा १५५ रनको लक्ष्य पाउँदा लगातार कमजोर प्रदर्शन गरेको नेपाली टोलीको प्रदर्शनप्रति क्रिकेट प्रशंसक निकै आक्रोसित देखिएका छन् ।

आईसीसी एकदिवसीय मान्यता प्राप्त नेपालले तुलनात्मक रुपमा कमजोर टोलीसँगको कमजोर नतिजाले सबैलाई निराश बनाएको छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले नेपाली टोलीलाई के भइरहेको छ भन्दै सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेखेका छन् ।

‘मलाई थाहा छैन के भइरहेको छ, विश्वास गर्नुस् । मलाई साच्चिकै थाहा छैन,’ उनले लेखेका छन्, ‘आशा गरौं हामी छिट्टै जीतसहित खेलमा फर्किने छौं । बाटो रोकियोको मतलब यो होइन कि विश्व नै रोकियो । हामी खेलमा फर्किन्छौं ।

त्यसोत, पछिल्लो समय नेपाली टोलीले दशैं पछि यो नै अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता खेलेको हो । तर, खेलाडीहरु लगातार क्रिकेट मै व्यस्त रहेका कारण एसीसी ईस्टन रिजनमा राम्रो नतिजा आउने अपेक्षा अधिकाशंको थियो ।

थाइल्यान्ड जानु अगाडि कप्तान मल्लले पनि सन्तुलित टोली रहेका कारण नेपाललाई सहज हुने बताएका थिए । तर, मैदानमा नतिजा देखिएन । यसपटक ब्याटिङ निकै कमजोर रह्यो ।

दुई खेललाई मात्रै आधार मान्ने हो भने ब्याटिङमा कप्तान मल्लले मात्रै सम्हालियर खेलेको देखिन्छ । मलेसियाविरुद्ध उनले ३३ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३८ रन बनाएका थिए भने दोस्रो हङकङविरुद्धको खेलमा ४३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४६ रन बनाए ।

उनी बाहेक हङकङविरुद्ध कुशल मल्लले १९, अभिनास बोहरा १२ र आरिफ शेखले १० रन बनाए । यस्तै, मलेसिायविरुद्ध दीपेन्द्रसिहं ऐरीले ४० बलमा ३८ रन, पवन शरार्फले १९ रन बनाएका थिए ।

नेपाली टोलीको परम्परागत समस्याका रुपमा रहेको ब्याटिङलाई युवा खेलाडीले केही हदसम्म सुधार्न सक्ने सम्भावना रहेको प्रशिक्षक जगत टमटाले थाइल्यान्ड जानु अगाडि बढाएका थिए । तर, युवा खेलाडीहरुको ब्याटिङ पनि कमजोर नै रह्यो ।

हङकङविरुद्ध नेपाली बलिङ लाइन पनि केही कमजोर हुन गयो । ४ जना स्पिनरले हङकङविरुद्ध १३ ओभर बलिङ गर्दै ९२ रन खर्चिए भने ५ विकेट लिएका थिए । यस्तै, २ जना पेश बलर प्रयोग गरेको नेपालले ५७ रन खर्चेको थियो ।

नेपाली टोलीका पूर्व खेलाडी सञ्जम रेग्मीले नेपाली टोली सिनियर र जुनियर खेलाडी भनेर आलोचना गर्नु भन्दा पनि कन्डिसन बुझ्न नसक्दा नेपाल पराजित भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हामीले हारेको सिनियर वा जुनियर खेलाडी नचलेर होइन । त्यहाँको कन्डिसन राम्रोसँग बुझ्न नसक्दा हो,’ उनले भारतीय क्रिकेट टोलीको उदाहरण दिँदै भनेका छन्, ‘क्रिकेटमा सिनियर र जुनियर भन्दा पनि ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो हुनु पर्दछ ।’ तर, नेपालको यी सबै विधामा केही न केही समस्या भइरहेको छ ।

कमजोर विपक्षी– निराशाजनक नतिजा

क्रिकेट विश्लेषकहरु छोटो फर्म्याटका खेलमा कुनै टोली बलियो र कमजोर हुँदैनन् भनिन्छ । तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सर्वाजनिक गर्ने ‘टी–२० आई’ को विश्व वरियतामा नेपाल शीर्ष १२ औं स्थानमा छ भने एसीसीमा नेपालले हार व्येहोरेका हङकङ र मलेसिया क्रमसः २३ औं र ३२ औं स्थानमा छन् ।

उच्च मनोबलका साथ इस्टन रिजन खेल्न थाइल्यान्ड गएको नेपाली टोलीले लगातार अनपेक्षीत रुपमा हार व्येहोर्दा नेपाली क्रिकेटको भविष्यलाई लिएर पनि प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १ : १८ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर