नलजाई पाद्नुका ७ फाइदा | Khabarhub Khabarhub

नलजाई पाद्नुका ७ फाइदा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्छ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ ।

अझ कहिलेकाहीँ उच्च आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास अर्थात पाद ब्यक्तित्वको समस्या बनिदिन्छ ।

पेटभित्र पाचन क्रियाको दौरान उत्पन्न हुने ग्यास दिनमा औषतमा ८/१० पटक मलद्धारबाट निस्किन्छ । पादमा कार्वनडाइअक्साइडको मात्रा बढि हुन्छ ।

शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ । तर पाद वा पाद्नु भन्ने शब्द सुन्ने बित्तिकै मानिसलाई लाज हुन्छ । यद्यपि पाद्नुका भने थुप्रै फाइदाहरु छन् ।

यस्ता छन् पाद्नुका फाइदा

१. पाद्नु ठूलो आन्द्राका लागि अत्यन्त फाइदाजनक हुन्छ । त्यसैले पाद रोक्नु हुदैन अन्यथा ठूलो आन्द्रामा समस्या हुनसक्छ ।
२. पाद्दा शरीरभित्र जम्मा भएका विषालु ग्यास बाहिर जान्छ र शरीरलाई आराम मिल्दछ ।
३. पादको गन्ध, प्रकार र आवाजले पनि पाचनक्रियामा कुनै रोग छ छैन थाहा पाउँन सकिन्छ । अर्थात धेरै पाद आउनु गम्भीर रोगको संकेत हो भने दैनिक ८/१० पटकसम्म पाद आउनु साधारण हो ।
४. पाद्दा आउने हाइड्रोजन सल्फाइडको गन्ध शरीरका लागि फाइदाकारी हुन्छ । यसले कोषको क्षय रोकेर हृदयरोग जस्ता जटिल रोगबाट पनि बचाउँछ ।
५. पाद्नुको अर्को फाइदा भनेको पेटभित्र स्वस्थ्य ब्याक्टेरिया रहेको प्रमाण हो ।
६. पाद्दा मानिसको पाचन प्रणाली सहि छ भनेर बुझ्न सकिन्छ । यसले खाना पचेको संकेत गर्छ ।
७. पाद्दा भारी भएको पेट एकाएक आराम भएर आउँछ । यसले शारीरिक तथा मानसिक बोझ पनि कम गर्दछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : ०२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर