नेकपाको ताल देख्‍दा जोगी बन्‍न मन लाग्यो : राई | Khabarhub Khabarhub

नेकपाको ताल देख्‍दा जोगी बन्‍न मन लाग्यो : राई


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा केन्द्रीय सदस्य राजेन्द्र राईले पार्टीका नेताहरुको ताल देख्‍दा जोगी बन्‍न मन लागेको बताएका छन् ।

बुधवारदेखि शुरु भएको बैठकमा समूहगत छलफल पछि पूर्ण बैठकमा आफ्नो समूहको तर्फबाट धारणा राख्दै उनले नेताहरुप्रति व्यङ्ग्य गरेका हुन् ।

“पार्टीका नेताको ताल देख्दा ३, ४ वटा कमण्डलु बोकेर जोगी भएर हिँड्न मन लाग्छ । न पार्टी छ न संगठन । त न पार्टीले केही कार्यक्रम लिएर हिँड्न सकेको छ । यस्तो अवस्थामा जोगी बन्नुको के विकल्प हुन्छ ?” बैठकमा उनले प्रश्न गरे ।

१५ वटा समूहमध्ये ११ नम्बर समूहका नेता राईले पार्टी गुटबन्दी मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले पार्टी नेतृत्वबाटै विधानका धाराहरु मिच्‍ने काम भएको भन्दै आलोचना गरे ।

उनले पार्टी र सरकार सञ्चालनमा तालमेल नमिलेको बताए । उनले पार्टीले सरकार चलाउनु पर्नेमा सरकारले पार्टीको निर्देशन नमानेको देखिएको बताए ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ६ : ३५ बजे

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा