अन्‍नपूर्णको फेदीमा फसेका ४ जना स्वदेशी पर्यटकको उद्धार | Khabarhub Khabarhub

अन्‍नपूर्णको फेदीमा फसेका ४ जना स्वदेशी पर्यटकको उद्धार


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो ।

३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा हिउँसहितको जंगलमा फसेका सर्लाहीका अंकित साह, सर्लाहीकै अभिषेक महतो, दोलखाका सञ्जित लामा र धनगढीका सुमन भट्टलाई आइतबार बिहान खोजी तथा उद्धारमा गएका चुपिन पुर्जासमेतका स्थानीयले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गको रेलेखर्कको खोंचबाट उद्धार गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार उद्धार गरिएका उद्धार गरिएका मध्ये दुई जनालाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा पाठाइएको र बाँकी दुई जनालाई आफूहरुसँगै गाडीमा राखेर नारच्याङ झरेको बताए ।

शुक्रबार उनीहरुसँग फोनमा कुराकानी भए पनि भेट्टाउन सकिएको थिएन। फोनको लोकेसनको आधारमा रेलेखोलाको माथिल्लो भागको रेलेखर्क क्षेत्रमा खोजी केन्द्रित गरिएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ३ : २६ बजे

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा