काठमाडौंका अधिकांश स्थानमा दिनभर नै विद्युत कटौती | Khabarhub Khabarhub

काठमाडौंका अधिकांश स्थानमा दिनभर नै विद्युत कटौती


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चक्रपथ बिस्तारको कामले आज काठमाडौंका धेरैजसो स्थानमा विद्युत कटौती भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चक्रपथ बिस्तारका लागि सडक किनारका रुख काट्ने क्रम जारी रहेकाले आज दिनभरजसो काठमाडौंका अधिकांश स्थानमा विद्युत कटौती हुनेछ ।

महाराजगंज  वितरण केन्द्रको धापासी  फिडरबाट वितरीत लाइन  अपरान्ह ४ बजेसम्म कटौती हुनेछ ।

धापासी फिडर अन्तरगत वसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरु विहानैदेखि विद्युत छैन ।

यस्तै पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक  फिडरबाट वितरीत ११ केभी  लाइनमा सेक्सनलाइजर राख्ने कार्य भइरहेकाले त्यस क्षेत्रमा पनि विद्युत कटौती भएको छ ।

प्राधिकरणका अनुसार ११ केभी लाइनको जम्परहरु मर्मत गरी फिडर सुधार गर्ने काम जारी रहेकाले ११ बजेदेखि त्यस क्षेत्रमा विद्युत कटौती भएको छ ।

विहान ११ बजेदेखि कटौती भएको विद्युत साँझ ५ बजे अघि आउने छैन । टेकु पुल्चोक फिडरबाट वल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक लगायतका क्षेत्रहरुमा विद्युत वितरण भएको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ११ : ३३ बजे

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क