भलिबल प्रतियोगितामा जितेको रकम गौतमबुद्ध रंगशालालाई हस्तान्तरण | Khabarhub Khabarhub

भलिबल प्रतियोगितामा जितेको रकम गौतमबुद्ध रंगशालालाई हस्तान्तरण


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।

कान्तिपुर सिटी कलेज (केसीसी) काठमाडौंका विद्यार्थीहरुले अन्तर कलेज कृष्ण प्रशाद भटराई भलिबल प्रतियोगितामा जीतेको पुरस्कारको रकम रंगशाला निर्माणका लागि सहयोग गरेका हुन् ।

इन्जिनियरिङ संकायमा २०१६ मा भर्ना भएका अहिले अन्तिम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुले भलिबल प्रतियोगितामा जीतेको पुरस्कार राशी जनस्तरबाट निर्माण भइरहेको रंगशालालाई हस्तान्तरण गरेका हुन् ।

एक्मी कलेजको आयोजनामा भएको प्रतियोगितामा प्रथम भएको केसीसीको टोलीले पुरस्कारवाफत पाएको २५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई बुझाएका हुन् ।

केसीसीका विद्यार्थीहरु चितवन पुगेरै सहयोगको रकम बुझाएका हुन् । धुर्मुस सुन्तली फाउण्डेसनले गरिरहेको काममा साथ दिन चितवन पुगेको विद्यार्थीहरुले बताएका छन् ।

‘पुरस्कार प्रदान गर्न पाउँदा खुसी छौं,’विद्यार्थी ईश्वर थापाले भने ।

रंगशाला पुगेका विद्यार्थीलाई फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले उनीहरु खेलाडीमात्रै नभएर इन्जिनियर समेत रहेकाले देश बनाउने जिम्मा रहेको बताउँदै आभार व्यक्त गरेका छन् ।

‘रंगशालामा पगेपछि उहाँहरुले फरक माहोल देख्नु भएको छ । तपाईहरु सबैलाई धन्यवाद,’ कट्टेलले भने ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : २३ बजे

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा