पूर्व युवराज पारसको जन्मदिनमा छोरी पूर्णिकाले लेखिन् यस्तो भावुक सन्देश | Khabarhub Khabarhub

पूर्व युवराज पारसको जन्मदिनमा छोरी पूर्णिकाले लेखिन् यस्तो भावुक सन्देश


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व युवराज पारस शाहले पोखरामा जन्मदिन मनाएका छन् । आफन्त र साथीभाइका साथ पोरखरामा रहेको किङ्स लाउन्जमा पारसले आफ्नो जन्मदिन मनाएका हुन् ।

पारसले दुई छोरी र एक छोरासँग रमाइलोका साथ जन्मदिन भव्य रुपमा मनाएका हुन् । पारसको बर्थडे पार्टीमा पूर्व युवराज्ञी हिमानी शाह भने उपस्थित थिइनन् ।

पारसलाई छोरी पूर्णिका शाहले जन्मदिनको शुभकामना दिँदै लेखेकी छिन्– ‘कविहरु भन्छन् कि महान मान्छेको मुटु त्यत्तिकै नरम हुन्छ तर यो गलत देखिन्छ। जब महान मानिसहरू अरूको पीडामा नरम हुन्छन् ।’

उनले आफ्ना पिता पारस शाहलाई अरुको पीडामा नरम हुने महान व्यक्ति भएको उल्लेख गरेकी छिन् । उनले अरुको पीडामा सान्त्वना दिनसक्ने भनेकी छिन् ।

परिवारबाट टाढिएर पारस अहिले व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारको सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

पछिल्लो समय पारस सोनिका रोकायासँगको हिचमिचका कारण चर्चासँगै आलोचना समेत खेप्दै आएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ४ : ३३ बजे

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई