फिलिपिन्समा एकै हप्तामा तेस्रो भूकम्प, थप पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

फिलिपिन्समा एकै हप्तामा तेस्रो भूकम्प, थप पाँच जनाको मृत्यु


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला – फिलिपिन्समा पछिल्लो एक हप्ताको बीचमा तीन पटक भूकम्प आएको छ । पछिल्लो पटक बिहीबार पनि भूकम्प गएको छ ।

देशको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार अरु कैयौँ घरसहितका भौतिक संरचनाहरु भत्किएका छन् । यसअघिका दुई भूकम्पले पनि ठूलो क्षति पुर्‍याएको थियो ।

मिन्डानाओ पहाडलाई केन्द्रमा पारेर ६.५ म्याग्नीच्युडको भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । त्यही क्षेत्रमा गत मङ्गलबार आएको भूकम्पमा परी अरु आठ जनाको मृत्यु भएको थियो ।

भूकम्पको केन्द्रविन्दुदेखि झण्डै ४५ किलोमिटर टाढा पर्ने दक्षिणी क्षेत्रको मुख्य सहर मानिने डाभाओ सहरमा पनि धेरै क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।

भत्किएको घरमा परेर नौ जना घाइते भएका छन् । उद्धारकर्ताले उनीहरुलाई उद्धार गरेपनि अन्य एक जना त्यहीँ च्यापिएको अनुमान गरिएको छ ।

कोताबाटो प्रान्तमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु भएकामध्ये एक जना स्थानीय सरकारी अधिकारी पनि रहेको प्रहरीले जनाएको छ ।

यही अक्टोबर १६ देखि आएका तीन भूकम्पमा परी अन्य क्षेत्रका पनि धेरै भौतिक संरचनामा क्षति पुगेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ६ : ३९ बजे

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

चन्द्र ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

महोत्तरी– मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध घोषणा