६० हजार घुससहित प्रहरीका सई पक्राउ | Khabarhub Khabarhub

६० हजार घुससहित प्रहरीका सई पक्राउ


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको गञ्जभवानपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) जटाशंकरप्रसाद कलवार ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट लिएको ६० हजार रुपैयाँसहित कलवार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले कलवारलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

कलवारलाई बाराको कलैया उपमहानगरपालिका–४ स्थित श्रीराम खाद्य उद्योगको अगाडिबाट पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ४ : २० बजे

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।