‘घामड शेरे’ सरेपछि सर्‍यो दयाहाङको दयारानी | Khabarhub Khabarhub

‘घामड शेरे’ सरेपछि सर्‍यो दयाहाङको दयारानी


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘हाउसफूल ४’ का कारण धेरै शो नपाएर रिलिजको दुई दिनअघि चलचित्र ‘घामड शेरे’ सरेपछि यसको प्रभाव अन्य नेपाली फिल्मलाई पनि परेको छ । ‘घामड शेरे’ कार्तिक २२ गते रिलिज हुने भएपछि सो मितिमा आउने भनिएको फिल्म ‘सरौतो’ एक हप्ता पछाडि सरेको थियो ।

‘घामड शेरे’ ले रिलिज मितिमा हेरेफेर गरेलगत्तै ‘सरौतो’ कार्तिक २९ गतेलाई रिलिज मिति तोकेको थियो । यो मितिमा चलचित्र ‘माछा माछा’ र ‘मिस्टर नेपाली’ रिलिज हुँदैछन् । फिल्म जुध्ने भएपछि ‘सरौतो’ ले रिलिज मिति अझै पछाडि लैजान सक्न देखिएको छ ।

स्रोतका अनुसार ‘सरौतो’ अब मंसिर १३ गते रिलिज हुनेछ । यदि यो फिल्म मंसिर १३ मा रिलिज भयो भने सो मितिमा रिलिज हुने भनिएको चलचित्र ‘प्रेम संसार’ पनि एक हप्ता पछि सर्नेछ । पहिले ‘प्रेम स‍ंसार’ मंसिर १३ मा रिलिज हुने चर्चा छ ।

यता दयाहाङ राई स्टारर ‘दयारानी’ ले पनि रिलिज मितिमा हेरफेर गर्ने संकेत गरेको छ । पहिले यो फिल्म फागुन ९ मा प्रदर्शनमा आउने भनेको दयारानी अब भने मंसिर २० गते प्रदर्शन हुने चर्चा छ ।

त्यसो त यसअघि यो फिल्म जेठ १० मा प्रदर्शन हुने निर्माण टिमले घोषणा गरेको थियो । पछि फेरि साउनमा रिलिज हुने भनिएको थियो ।निर्माण टिमले अब भने यो फिल्म मंसिर २० गते नै प्रदर्शन गर्ने मनशाय बनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : ४२ बजे

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि