सबैका सामू आफ्ना कुरा राख्न नसक्नेका लागि ७ टिप्स | Khabarhub Khabarhub

सबैका सामू आफ्ना कुरा राख्न नसक्नेका लागि ७ टिप्स


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिस एकअर्कामा कुराकानी गर्नु पर्‍यो भने हिच्किचाउने गर्दछन् । पाहुना जाँदा होस् वा अपरचितसँग कुरा गर्दा, मानिसलाई के कुराकानी गर्ने भन्ने द्धिविधा हुने गरेको छ । अझ कपिय पुरुष त महिलासँग कुरा गर्नुपर्‍‍यो भने आफै लजाउने समेत गर्दछन् । यदि तपाईमा पनि यि समस्या छन् भने कुराकानीको शुरुवात कसरी गर्ने भन्नेबारे केहि टिप्स दिदैछौ ।

१. कुराकानी गर्न असहज लागेको छ भने भेट्नासाथ सर्वप्रथम मनको डर हटाउनुहोस् । मौसम, यात्रा, वा हालखबरबाट कुरा शुरु गर्नुहोस् ।

२. त्यसपछि बिस्तारै कुरा गर्ने मानिसको भावना बुझेर सोहि अनुसारको कुरालाई महत्व दिनुहोस् । आफ्नो रुचि भन्दा कुरा गरिरहेको मानिसको बारेमा जान्न सजग हुनुहोस् ।

३. यदि कुरा गर्दै जादा बिषयहरु सकिए भने बाल्यकालका सम्झना, आगामि दिनको योजना, तत्कालको बिषय लगायको कुरा गर्दा कुरा गर्ने मानिस तपाईसँग खुलेर कुरा गर्दछन् ।

४. कुराकानीको बीचमा उनीहरुको शब्द तथा ब्यवहारलाई समेत ख्याल गर्नुहोस् । तपाईसँग कुराकानी गर्दा मोवाइल वा अन्यत्र ध्यान दिएमा बिस्तारै कुराकानी बन्द गर्नुहोस् ।

५. यदि कुरा गर्दा तपाईहरु नजिक हुनुहुन्छ भने त्यसलाई दुरी बनाउनुहोस् । जसले दुबैले एकअर्कालाई हेर्न सकियोस् । धेरै नजिक उभिएर बोल्दै हुनुहुन्छ भने कुरा गर्ने ब्यक्तिलाई असहज हुनसक्छ ।

५. यदि कुराकानीको बीचमा अर्को ब्यक्तिको ध्यान तपाईतिर छैन भने रमाइला प्रसँग निकाल्नुहोस् । तर अश्लिल वा हाउभाउ नबनाउनुहोस् ।

६. यदि तपाईसँग कुराकानीमा घुलमिल हुदै गएको छ भने निश्चित छ भने केहि जिस्काउन समेत सकिन्छ । तर नाता, परिस्थिती र मुडलाई ध्यान दिनुपर्ने हुन्छ । यदि सहज छ भने यसले उनीहरुसँग नजिकिन मद्दत गर्छ ।

७. बोल्दै जादा उनीहरुसँग आत्मिय ब्यवहार गर्नुहोस् । महिला तथा वृद्धहरु आफ्ना कुरा सुनाउन खोज्दछन्, त्यसलाई पुर्ण सुन्नुहोस् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ९ : ४८ बजे

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी

विराटनगर– कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख

सेती नदिमा बेपत्ता भएका एक जनाको शव फेला

डोटी– डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा

देशका चार सय ३६ स्थानमा डढेलो

काठमाडौं– देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

रेसुङ्गा पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)