इस्लामिक स्टेटको आक्रमणमा नाइजेरियामा ४० सैनिक मारिए | Khabarhub Khabarhub

इस्लामिक स्टेटको आक्रमणमा नाइजेरियामा ४० सैनिक मारिए


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा– आतंकवादी संगठन इस्लामिक स्टेटले अफ्रिकी मुलुक नाइजेरियामा आफ्नो समूहले सैनिकलाई लक्षित गरी गराएको आक्रमणमा कम्तीमा ४० सैनिक मारिएको वा घाइते भएको दावी गरेको छ ।

इस्लामिक स्टेटद्वारा सञ्चालित अमाक समाचार संस्थामार्फत् जारी विज्ञप्तिमा मंगलबार नाइजेरियाको बोर्नो राज्यमा गराइएका दुई छुट्टाछुट्टै आक्रमणमा ४० भन्दा धेरै सैनिक मारिएको दावी गरिएको हो ।

अमाकले जनाएअनुसार इस्लामिक स्टेटले बोर्नो राज्यको बागा क्षेत्रमा रहेको सैनिक सुरक्षा चौकीमा आक्रमण गर्दा १५ सैनिकको ज्यान गएको वा घाइते भएका थिए । त्यस्तै, सोही राज्यको बेनीशेख क्षेत्रमा रहेको अर्को सैनिक ब्यारेकमा गरिएको आक्रमणमा अरु २५ सैनिक मारिएको जनाइएको छ ।

इस्लामिक स्टेटसँग आबद्ध आतंकवादी समूह बोको हरामले सो क्षेत्रमा सैनिक तथा सर्वसाधारणलाई लक्षित गरी आक्रमणहरु गर्दै आएको छ । केही दिनअघिमात्र बोर्नो राज्यमै संदिग्ध बोको हरामका लडाकुले मलामीलाई लक्षित गरी गरेको आक्रमणमा ६५ जना मारिएका थिए ।

सन् २००९ यता नाइजेरियामा जारी इस्लामिक अतिवादीको आक्रमणका क्रममा हालसम्म ३० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : ५५ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को