फिफा वर्ष खेलाडीमा रोनाल्डो, मेस्सीदेखि एम्बाप्पे मनोनित हुँदा नेयमार अटाएनन् | Khabarhub Khabarhub

फिफा वर्ष खेलाडीमा रोनाल्डो, मेस्सीदेखि एम्बाप्पे मनोनित हुँदा नेयमार अटाएनन्


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाै‌ – विश्व फुटबलको नियामक निकाय फिफाले वर्ष उत्कृष्ट पुरुष खेलाडीमा १० जना खेलाडी मनोनित गरेको छ । बुधबार सार्वजनिक गरेकाे मनोनयनमा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सीसहित १० जना खेलाडी मनोनयनमा परेका छन्।

मनोनयनमा परेका खेलाडीमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, मोहम्मद सलाह, किलियन एम्बाप्पे, भिर्जील भान्डाइक र सदियो माने रहेका छन् ।

यस्तै, इडन हर्जाड, ह्यारि केन, माथिस डिलिग्ट र फ्रान्की डि जोङ छन् । अघिल्लो वर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता खेलाडी लुका मोडरिच भने यो वर्षको उत्कृष्ट १० खेलाडीकाे मनोनयनमा परेनन् । यस्तै, युवा स्टार खेलाडी नेयमार पनि मनोनयनमा परेका छैनन् ।

फिफाले सन् २०१८ जुलाई १६ देखि २०१९ जुलाई १९ सम्म खेलाडीले पाएको सफलताका आधारमा फिफा वर्ष खेलाडीमा मनोनित गर्ने गरेको छ ।

राष्ट्रिय टोलीका कप्तान, राष्ट्रिय टाेलीका प्रशिक्षक, भोटिङको लागि छनोट भएका पत्रकार तथा फ्यानहरुले मनोनित खेलाडीलाई भोटिङ गर्न पाउने छन् ।

मनोनित खेलाडीलाई एक जनाले तीन भोट गर्न पाउनेछन् । जसमा आफ्नो पहिलो रोजाइको खेलाडीलाई ५ अंक दिनसक्ने छ भने दोस्रो र तेस्रोलाई क्रमश : ३ र १ अंक दिन पाउने प्रावधान फिफाले बनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : १७ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।