ट्राफिक महाशाखाले उठायो एक वर्षमा ३१ करोड राजस्व | Khabarhub Khabarhub

ट्राफिक महाशाखाले उठायो एक वर्षमा ३१ करोड राजस्व


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष ०७५/०७६ मा सवारीसाधनबाट ३१ करोड राजस्व संकलन गरेको छ ।

मादक पदार्थ पिएर सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, बढी भाडा असुल्ने, जथाभावी सवारी पार्किङ गर्ने तथा ट्राफिक नियमको उल्लङघन गर्ने सवारी चालकलाई कारवाही गर्दा ३१ करोड राजश्व संकलन भएको हो ।

कारवाहीसँगै महाशाखाले ट्राफिक सचेतना कक्षामा बोलाइ चेतनामूलक कुराहरु सिकाउने र पटकपटक नियम उल्ङघन गर्नेलाई थप जरिवाना समेत लिइरहेको छ ।

सडकमा ट्राफिक नियम उल्ङघन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ भने राजस्व संकलन पनि बढिरहेको छ ।

राजस्व संकलनको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७५/२०७६ सालमा ३१ करोड ५६ लाख २७ हजार ५ सय रुपैयाँको राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष ०७४/०७५ मा २९ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै ०७३÷०७४ मा ३५ करोड ६० लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष ०७२÷७३ मा १५ करोड ८२ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ३ : २४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र