ओलीको मन्त्रिमण्डलमा योगेश भट्टराई पर्यटन मन्त्री | Khabarhub Khabarhub

ओलीको मन्त्रिमण्डलमा योगेश भट्टराई पर्यटन मन्त्री


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । प्रधामन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टीका युवा नेता योगेश भट्टराईले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउन लागेका हुन् ।

भट्टराईको सपथ बुधबार अपराह्न ४ बजे नै हुन लागेको हो ।

युवा नेता भट्टराई निकट स्रोतले पनि उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिन लागिएको बारे जानकारी आएको जनाएको छ ।

‘उहाँ (भट्टराई)लाई ४ बजे सपथ छ भनिएको छ,’ नेता भट्टराई निकट स्रोतले खबरहबसँग भन्यो ।

गत फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : ४३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी