हिलोका कारण आउन सक्छ यस्ता समस्या, कसरी बच्ने ? | Khabarhub Khabarhub

हिलोका कारण आउन सक्छ यस्ता समस्या, कसरी बच्ने ?


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हिलोले हात खुट्टा चिलाउने र पाक्ने समस्या सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा दखिन्छ ।

वर्खायाममा खेतवारीको काममा व्यस्त हुने र हिलोमा धेरै समय काम गर्नुपर्ने हुनाले हिलोका कारण छालामा विभिन्न समस्याहरु देखा पर्न सक्छन् ।  त्यस्तै सहरी क्षेत्रमा पनि हिलो सडकका कारण मानिसहरु प्रभावित हुने गरेका छन् ।

निरन्तर काम गरिरहँदा धेरैको हत्केला र पैँताला हिलो र पानीमा भइरहँदा औँलाका काप चिरिने गरी असर देखिन्छ ।

यसका उपचारका लागि हामी घरेलु औषधीको प्रयोग गर्ने गर्छौ । हिलोले खाएको रोग के हो र यसको रोकथामका लागि के गर्नुपर्छ भन्ने कुरा धेरैलाइ थाहा नहुन सक्छ ।

हिलोले खाने समस्या

हिलाले खाने भनरे चिनिने यो समस्या खासगरी ‘क्यान्डिडा’ नामको एक प्रकारको ढुसीका कारण हुन्छ । हिलोले खाँदा हात खुट्टाको औँलाको बिचमा चिलाउने, रातो हुने गर्दछ ।

यसलाई तुरुन्त उपचार गर्न नसकेको खण्डमा यो पाकेर ठूलै समस्याको रुप पनि लिने गर्दछ । प्रायजसो लामो समयसम्म पानी चलाउनुपर्ने कामहरु, किसानका हात खुट्टा हिलोले खाने गर्दछ ।

रोकथामका लागि

सकेसम्म हिलोमा काम नगर्ने ।
पानीको प्रयोगलाइ घटाएर कम गर्नुको साथै हात खुट्टा सुख्खा राख्न सक्नुपर्छ ।

अत्याधिक पानीको प्रयोग गर्नु परेमा हातमा पञ्जा लगाउँदा उपयुक्त हुन्छ ।

खेतवारीको काम गर्दा खुट्टामा जुत्ता (छालका बुट) लगाउनु उपयुक्त हुने र पानी परिसकेको खण्डमा सफा कपडाले खुट्टालाइ सफा बनाउनुपर्छ ।

साथै हिलोमा पसेर काम गर्नुपर्ने अवस्था आएमा हात, खुट्टा र औँलाको कापमा भ्यासेलिन, तेल वा अन्य कुनै मोइस्चराइजर दल्नु राम्रो हुन्छ ।
कामले जतिसुकै थाके पनि हातखुट्टा धोएर सुक्खा बनाइ क्रिम वा जेल लगाएमा पनि हिलोले खाने रोगबाट बच्न सकिन्छ ।

हिलोमा यात्रा गर्दा विशेष सावधानी अपनाउने ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १२ : २८ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा