विहारमा आकासबाट खसेको चुम्बकीय शक्तिको ढुंगा उल्का पिण्ड ! | Khabarhub Khabarhub

विहारमा आकासबाट खसेको चुम्बकीय शक्तिको ढुंगा उल्का पिण्ड !


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केही दिन अघि भारतकाे विहारमा आकासबाट खसेको झण्डै १० किलोको ढुंगा उल्कापिण्ड भएको आशंका गरिएको छ। सीएनएनका अनुसार ढुंगालाई अहिले ‘विहार संग्राहलय’मा प्रदर्शनमा राखिएको छ।

तर यसलाई तत्कालै श्रीकृष्ण साइन्स सेन्टरमा स्थान्तरण गरेर विज्ञमार्फत उल्कापिण्ड भए नभएको परीक्षण गराइने विहारका मुख्यमन्त्री नितिश कुमारले बताए । हेर्दा सामान्य ढुंगाजस्तो देखिए पनि उल्कापिण्ड थप भारी हुने गर्छ । यसको बाह्य भाग जलेको हुने तर पनि चहकिलो हुने गर्छ। र उल्कापिण्डको अर्को महत्वपूर्ण विशेषता यसमा चुम्बकीय गुण हुन्छ ।

‘अनुसन्धान दाताहरुमा उल्कापिण्डबारे ठूलो चाख छ। तिनको अध्ययनले हाम्रो सौर्य मण्डलको उत्पत्ति र विकासबारे थाहा पाउन सकिन्छ,’ नासाको मेटेरोएड कार्यालयको स्टेभन एहलर्टले भनिन् ।

नासाका अनुसार, उल्कापिण्ड शिशुग्रह अथवा पुछ्रेताराका टुक्रा हुन् र ती अन्तरीक्षमा सूर्यको वरिपरि घुमिरहेका हुन्छन् । जब ती पृथ्वीको गुरुत्वाकर्षणका कारण तानिएर पृथ्वीको वायुमण्डलमा आइपुग्छन् ती उल्का बन्छन् । अधिकांश उल्का वायुमण्डलमै जलेर नष्ट हुन्छन् तर पृथ्वीको सतहसम्म आइपुग्ने उल्कालाई उल्कापिण्ड भनिन्छ । बुधबार राती क्यानडाको आकासमा एक विशाल उल्का खसिरहदाँ आकासमा चन्द्रमाभन्दा बढी चहकिलो देखिएको थियो ।

त्यो उल्का पनि पृथ्वीको सतहमा आइपुगेको हुन सक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् । सन् २०१३ मा रुसको उरल्स क्षेत्र एउटा ठूलो उल्का पृथ्वीको सतह भन्दा केहीमाथि विस्फोट हुदाँ ठूलो क्षति भएको थियो। घना वस्तीको आकासमा भएको विस्फोटले ठूलो ध्वनी तरङ उत्पन्न गरेको थियो । त्यसले वरिपरिका कयैन घरका झ्यालढोकाको सिसामात्र फुटाएन १००० मानिसलाई घाइते बनाएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : ०२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र