३ वर्षदेखि ठप्प रहेको रुम्जाटार उडान शुक्रबारदेखि शुरु | Khabarhub Khabarhub

३ वर्षदेखि ठप्प रहेको रुम्जाटार उडान शुक्रबारदेखि शुरु


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीराटनगर– ३ वर्षदेखि ठप्प रहेको काठमाडौं–रुम्जाटार–विराटनगर उडान शुक्रबारदेखि शुरु भएको छ ।

शुक्रबारदेखि हरेक साता संघीय राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नम्बर १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने प्रदेश सांसद अम्बिरबाबु गुरुङले बताए ।

रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने लिम्बुले विश्वास लिए ।

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुन सकेको थिएन ।

अब भने हरेक साताको शुक्रबार नेपाल वायुसेवा निगमले नियमित रुपमा रुम्जाटारमा उडान भर्ने छ ।

अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको नेपाल वायुसेवा निगमको क्षेत्रीय कार्यालयले जनाएको छ ।

कार्यलयका अनुसार हरेक शुक्रबार काठमाडौँ–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौं उडान भर्ने निगमको तयारी छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १ : ३० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको