त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा दुई जहाज डाइभर्ट | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा दुई जहाज डाइभर्ट


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा मेघ गर्जनसहित वर्षा भएका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जहाजलाई डाइभर्ट गरिएको छ ।

कतारको राजधानी दोहाबाट काठमाडौं आएको जहाज भिजिविलिटी कम हुँदा अवतरण गर्न नसकेर भारत फर्किएको छ । मौसम खराबीकै कारण दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजले पनि अवतरण गर्न नसकेर आकासमै घुमिरहेको छ ।

त्यस्तै, फ्लाई दुबई र चाइना साउथर्न एयरका जहाजलाई भारतको लखनउ पठाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । मेघ गर्जनसहित वर्षा भएका कारण विमानस्थलमा भिजिबिलिटी कम भएकाले अवतरण गर्न समस्या परेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ८ : ४३ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल