बाँके र बर्दिया भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

बाँके र बर्दिया भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँके र बर्दियामा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन दिनमा ६ जनाले ज्यान गुमाएका छन । बाँकेको कोहलपुर, नेपालगन्ज र बर्दियाको बारबर्दियामा शुक्रबारदेखि आईतबार सम्म भएको दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका हुन् ।

पूर्व पश्चिम महेन्द्र राजमार्गमा ५ र कोहलपुर–नेपालगन्ज सडक खण्डमा १ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शुक्रबार बेलुकी कोहलपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोहलपुरको मदन चोकमा पश्चिम तिर गइरहेका भे. ८. प २१६५ र भे. ७. प १४२० नम्बरका स्कुटरलाई पश्चिमतर्फबाट आइरहेको बा. १५. च २०९६ नम्बरको स्कार्पियो गाडीले ठक्कर दिएपछि दुबै स्कुटर चालकहरुको मृत्यु भएको थियो । गाडीको ठक्कर बाट गम्भीर घाइते भे ८ प २१६५ कि चालक ठाकुरबाबा नगरपालिका ८ बर्दियाकि उषा चौधरी र भे ७ प १४२० नम्बरको चालक बैजनाथ ६ बाँकेका लोक बहादुर शाहीको उपचारका क्रमका नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक उषा चौधरी नेपालगन्जमा भएको ब्युटिशियन सम्मेलनमा भाग लिएर घर फर्किदै गर्दा दुर्घटनामा परेकी हुन ।

त्यस्तै बर्दियामा आइतबार बिहान मोटरसाईकल दुर्घटना परेर तीन जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको बारबर्दिया नगरपालिका–९, बनगाइमा दुई मोटरसाइकल आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका १ इन्द्रपुरका २१ वर्षीय सुरज चौधरी, कृष्णा चौधरी र बारबर्दिया नगरपालिका ९ का २३ वर्षीय खगेन्द्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार भे ८ प ६९६८ र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका तीनै जनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी आइतबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका कारकाँदो स्थित सिर्दाथ भ्यु नजीकै ट्रकको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ । साइकलमा नेपालगन्जतर्फ गईरहेका नेपालगन्ज २० मनिकापुरका बलराम मिश्रलाई बा ८ ख १६८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्कर बाट गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागी नेपालगन्ज मेडिकल कलेज लगेपनी उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ३५ बजे

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट