अमेरिकाले बन्द गर्‍यो मध्य अमेरिकी मुलुकको आर्थिक सहयता | Khabarhub Khabarhub

अमेरिकाले बन्द गर्‍यो मध्य अमेरिकी मुलुकको आर्थिक सहयता


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


न्यूयोर्क– अमेरिकाले मध्य अमेरिकी महादेशका तीन मुलुकहरुलाई दिँदै आएको आर्थिक सहायता बन्द गरिदिएको छ ।

मध्य अमेरिकाका तीन मुलुकहरु होण्डुरस, निकारागुवा र एल साल्भाडोरले अमेरिकातर्फ आप्रवासीलाई पठाइरहेको भन्दै ती मुलुकहरुलाई दिइँदै आएको आर्थिक सहायता बन्द गरिएको हो ।

अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार ‘नर्दन ट्रायाङ्गल’ भनिने ती मुलुकलाई उपलब्ध गराइँदै आएको ७० करोड अमेरिकी डलरभन्दा धेरैको आर्थिक सहायता बन्द गरिएको जनाएको हो ।

यद्यपि, विदेशमन्त्रालयको घोषणालाई कङ्ग्रेसले पनि स्वीकृत गर्नुपर्ने बताइएको छ । त्यसका लागि विदेशमन्त्रालयले कङ्ग्रेससँग पनि सहकार्य गर्ने जनाएको छ ।

पछिल्ला केही दिनयता मेक्सिकोसँगको दक्षिणी सीमा भएर अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको सङ्ख्या बढ्दै गएपछि अमेरिकाले आर्थिक सहायता बन्द गरेको हो ।

यसअघि राष्ट्रपति ट्रम्पले यसै साता मेक्सिकोसँगको सीमा पनि बन्द गर्ने सम्भावना रहेको चेतावनी दिएका थिए । मध्य अमेरिकी मुलुकहरुले आप्रवासीको लस्कर तयार पारेर अमेरिकातर्फ पठाउने गरेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ३ : ०८ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)