‘किन किन’ लिएर आए सोनाहाङ | Khabarhub Khabarhub

‘किन किन’ लिएर आए सोनाहाङ


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सोनाहाङ राईको आवाजमा रहेको गीत ‘किन किन’ सार्वजनिक गरिएको छ । उक्त गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र गोविन्द हुमागाईंका शब्द छन् ।

यस्तै गीतको भिडियोमा शान थापाको निर्देशन छ भने दीपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसी र दिप्सन लुइटेलको अभिनय देख्न सकिन्छ । बालकलाकार सर्वज्ञ काफ्ले र उज्ज्वल शाक्यले पनि भिडियोमा अभिनय गरेका छन् ।

अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा राजिव समरले सहायक निर्देशकको भूमिका निभाएका छन् ।

भिडियोमा छोराले आफ्नी श्रीमतीको कुरा सुनेर बा–आमालाई वृद्धाश्रम पठाएको घटनालाई कथानक बनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : ४६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र