स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति कौडीको मूल्यमा भाडामा ! | Khabarhub Khabarhub

स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति कौडीको मूल्यमा भाडामा !



काठमाडौं–

गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।

कवि शिरोमणि लेखनाथ पौड्यालले ‘नैतिक दृष्टान्त’मा भनेजस्तै भएको छ, पूर्वराजा स्व.वीरेन्द्र शाहलगायत राजपरिवारका नाममा रहेको अर्बौंको सम्पत्तिको अवस्था । न त गुणी भए, न गुणग्राही नै ! त्यसैले मणि पनि कौडीको भाउमा मिल्काइएको अवस्था छ ।

स्वर्गीय राजा वीरेन्द्र शाहलगायत राजपरिवारको नाममा रहेको अर्बौंको सम्पत्ति जिम्मेवार निकाय ‘नेपाल ट्रष्ट’को भद्रगोल व्यवस्थापनका कारण कौडीको भाउमा ‘खेर’ गइरहेको छ । ६ मंसिर २०६४मा नेपाल ट्रष्टको स्थापना भएयता एक दशक लामो अवधिमा अर्बौंको सम्पत्तिको भाडा भने प्रचतिल बजार भाउ भन्दा एकदमै न्यून मात्र उठ्ने गरेको खुलासा भएको छ ।

योजनाविहीन नेपाल ट्रष्टको कार्यालय

हजारौं रोपनी जग्गा र करोडौं रकम व्यवस्थापन कार्यमा ट्रष्ट योजनाविहीन बनेको छ । नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ५ मा ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्र हितमा प्रयोग गरी शैक्षिक, प्राज्ञिक र स्वास्थ्यसम्बन्धी कार्यमा प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

तर, राजपरिवाको नाममा रहेको अर्बौंका चल–अचल सम्पत्तिलाई कसरी उपयोग गर्ने भन्नेबारे ट्रष्टसँग कुनै भरपर्दो योजना नै छैन । ट्रष्ट ऐनको दफा २५ ले अचल सम्पत्ति सम्भार एवं संरक्षण तथा आर्थिक प्रशासनका सम्बन्धमा आवश्यक विनियम बनाउन सक्ने उल्लेख छ । तर, ट्रष्टले हालसम्म विनियमसमेत तयार गरेको छैन ।

सम्पत्तिको उपयोग नभएकोबारे महालेखा परीक्षकको गत बर्षको प्रतिवेदनले औंल्याए पनि अहिलेसम्म सरकारले कुनै चासो दिएको छैन । महालेख परीक्षकको कार्यालय प्रवक्ता विष्णुप्रसाद रिजालका अनुसार, भाडा तथा ‘लिज’मा दिएको सम्पत्तिको सम्झौताअनुसार प्रयोगकर्ता, भाडा (लिज रकम, दाखिला गर्नुपर्ने मिति, सम्झौता अवधि) लगायतका विवरण देखिने अभिलेख अद्यावधिक समेत ट्रष्टको कार्यालयले गरेको छैन ।

कौडीको मूल्यमा भाडा

अहिले नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको राजपरिवारको नाममा रहेको सम्पत्ति प्रचलित मूल्यभन्दा एकदमै सस्तो रहेको पाइएको छ । नेपाल ट्रष्टको कार्यालय योजनाविहीन बन्दा काठमाडौंभित्रका महँगा–महँगा मानिएका सम्पत्ति विभिन्न नीजि संस्थाहरूले एकदमै सस्तो भाडामा प्रयोग गरिरहेका छन् ।

कसको भाडा कति ?

सम्पत्ति क्षेत्रफल भाडा (वार्षिक)
गोकर्ण फरेस्ट रिसोर्ट ३९७१ रोपनी २ करोड ४० लाख
काठमाडौं बिजनेश पार्क १९ रोपन १२ आना जग्गा र घर ७० लाख रुपैयाँ
काठमाडौं प्लाजा ५ रोपनी २ अना जग्गा र कम्प्लेक्स ७५ लाख रुपैयाँ
लाजिम्पाट (स्ट्यान्डर्ड चार्टर्ड बैंक भएको भवन तथा जग्गा) ६ रोपनी १३ आना जमिन र भवन ९४ लाख रुपैयाँ
सोल्टी आउटर कम्पलेक्स ५ रोपनी ६ आना जमिन र भवन १५ लाख ४५ हजार

 

३ हजार ९ सय ७१ रोपनी जग्गामा फैलिएको गोकर्ण फरेस्ट रिसोर्टको वार्षिक भाडा जम्मा २ करोड ४० लाख रूपैया“ छ । यसलाई हेर्दा मासिक २० लाख रुपैयाँ हुन आउँछ । जानकारहरुका अनुसार, मासिक २० लाख रुपैयाँ भाडामा ३ हजार ९ सय ७१ रोपनी जग्गा सहितको संरचना पाउनु भनेको एकदमै न्यून ‘रेट’ हो ।

गोकर्ण फरेस्ट रिसोर्ट मात्र होइन, काठमाडौंकै व्यस्त स्थान टेकुमा रहेको काठमाडौं बिजनेस पार्क पनि चल्तिको मूल्यभन्दा एकदमै सस्तो मूल्यमा भाडामा दिइएको छ । १९ रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा भवनलगायतका अन्य थुप्रै भौतिक पूर्वाधार छन्, जसको मासिक भाडा ३ लाख ३३ हजार रुपैयाँ मात्र छ ।

त्यस्तै कमलादीको काठमाडौं प्लाजा रहेको ५ रोपनी २ आना जग्गा र पार्किङ सहितको बिजनेस कम्प्लेक्सको पनि मासिक भाडा ६२ लाख ५ सय रुपैयाँ मात्र छ । कमलादीमै ५ रोपनी ६ आना जग्गा रहेको सोल्टी आउटर कम्पलेक्सको भवन लगायतका अन्य पूर्वाधारहरूको भाडा पनि मासिक १२ लाख ८७ हजार रुपैयाँ मात्र छ ।

व्यवसायीहरुका अनुसार कमलादीमा सामान्य सटरको भाडामात्रै पनि मासिक ५० देखि ८० हजार रुपैयाँ हुन्छ ।

लाजिम्पाटमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको भवन र जग्गा पनि चल्तीको मूल्यभन्दा एकदमै एकमा भाडामा लगाइएको छ । लाजिम्पाटमा ६ रोपनी १३ आना जग्गामा भवन लगायतका अन्य थुपै्र पूर्वाधार छन् । तर, त्यसको भाडा पनि मासिक ७८ लाख ३३ हजार मात्र छ । ट्रष्टको कार्यालयका तत्कालीन सचिव यदुप्रसाद पन्थी पनि त्यो समयमै सम्झौता गरेर लिजमा दिइएकाले अहिले त्यस्ता सम्पत्तिबाट थौरै आम्दानी भइरहेको स्वीकार्छन् ।

अहिलेका सविच गजेन्द्रकुमार ठाकुर भाडा कम उठ्ने स्वीकार्दै अब पुराना सम्झौताको म्याद सकिएपछि मात्र नया“ सम्झौतामा भाडा बढाउने दाबी गर्छन् ।

कति छ राजपरिवाको सम्पत्ति ?

नेपाल ट्रष्टको स्वामित्वमा अहिले १२ जिल्लामा २ सय १६ कित्तामा २१ हजार ५ सय ६२ रोपनी जग्गा, तीन संस्थाको २ लाख ३० हजार १०२ कित्ता सेयर, ३७ करोड ७९ लाख ५० हजार रूपैयाँ मुद्दती खाताको मौज्दात, ४ बैंकको खातामा १ करोड ७३ लाख २८ हजार चल्ती तथा बचत मौज्दात छन् । यस्तै, पाउण्ड स्टर्लिङ ४८ हजार ४ सय ६६ र अमेरिकी डलर १ लाख ३७ हजार मौज्दात छ ।

याे पनि पढ्नुहोस्,

स्वर्गीय राजा वीरेन्द्रको ८७ अर्बको सम्पत्ति

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ११ : ५२ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको