दम्भ देखाउँदा ज्ञानेन्द्रले नारायणहिटी छोड्नु पर्‍यो, यो सरकारले दम्भ नदेखाओस्– महतो | Khabarhub Khabarhub

दम्भ देखाउँदा ज्ञानेन्द्रले नारायणहिटी छोड्नु पर्‍यो, यो सरकारले दम्भ नदेखाओस्– महतो


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो दुई तिहाइको वर्तमान सरकारले सञ्चारक्षेत्रलाई नियन्त्रण र हस्तक्षप गर्न खोजेको आरोप लगाएका छन् ।

आइतबार रिपोर्टर्स क्लवको वार्षिक उत्सवमा बोल्दै नेता महतोले सरकारको दम्भले मिडिया नियन्त्रण गर्न खोजेको र यो निकै दुखद् भएको बताए ।

लोकतान्त्रिक व्यवस्थाका कारण यो सरकार बनेको भन्दै उनले यसलाई जोगाउन जरुरी भएको बताए । ‘सत्ताको दम्भमा जब सत्ताले हरेक क्षेत्रमा नियन्त्रणको प्रयास गर्छ त्यो सरकार टिकेको छैन’ उनले भने ।

सरकारले आफ्नो असफलता लुकाउन मिडियालाई नियन्त्रण गर्ने काम दुर्भाग्य पूर्ण भएको महतोको भनाइ थियो । सरकारले असफलता लुकाउनका लागि मिडियामाथि अंकुश लगाउनु भन्दा राम्रो काम गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

जनताले दुई तिहाइ मत आफ्ना आकांक्षा पूरा गर्न दिएको भन्दै नेता महतोले जनताको आकांक्षालाई पूर्ण गर्ने दायित्व सरकारको भएको बताए ।

‘राजा ज्ञानेन्द्रले दम्भ देखाएका कारण नारायणहिटी बाट सरेर कहाँ पुगे ’ महतोले प्रश्न गर्दै भने,‘त्यसैले राज्यले दम्भ देखायो भने जनताले सजाय दिन्छ ।’

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १० : ०७ बजे

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको