आईपीएल क्रिकेट: कलकत्ताविरुद्ध दिल्लीको रोमाञ्चक जित | Khabarhub Khabarhub

आईपीएल क्रिकेट: कलकत्ताविरुद्ध दिल्लीको रोमाञ्चक जित


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाली लेग स्पिनर सन्दीप लामिछाने सामेल टोली दिल्ली क्यापिटल्सले सुपर ओभरमा कलकत्ता नाइट राइडर्सलाई पराजित गरेको छ । कलकत्ताले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्ली १ सय ८५ रनमा समेटिएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले एक विकेट गुमाएर १० रन बनाएपछि कलकत्ताले पाएको ११ रनको लक्ष्य पुरा गर्न नसक्दा कलकत्ता पराजित भयो ।

कलकत्ता यसअघिका दुवै खेलमा विजयी हुँदा नायक बनेका आन्द्रे रुसेल दिल्लीविरुद्ध पनि उत्कृष्ट ब्याटिङ गरेका थिए ।तर, सुपर ओभरमा उनको ब्याटिङ नचल्दा कलकत्ता पराजित भएको छ ।

सुपर ओभरमा दिल्लीका कागीसो रबाडाको पहिलो बलमा कलकत्ताका आन्द्रे रुसेलले चौका प्रहार गरे । दोस्रो बलमा रन जोड्न नसकेका रसेल तेस्रो बलमा बोल्ड भएका थिए । चौथो बलमा कलकत्ताका रोविन उथाप्पाले १ रन जोडे र पाँचौमा कार्तिकले पनि १ रनमात्र जोड्न सके । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा उथाप्पाले १ रन मात्र जोडेपछि रोमाञ्चक बनेको खेलमा घरेलु मैदानमै दिल्ली विजयी भयो ।

खेललाई सुपर ओभरमा पु¥याउन कलकत्ताका कुलदीप यादवले खेलको अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे । उनले अन्तिम १ बलमा लगातार २ विकेट लिदै दिल्लीलाई सुपर ओभरका लागि बाध्य बनाएका थिए ।

दिल्लकिा लागि युवा खेलाडी पृथ्वी श्वाले क्यापिटल्सले कलकत्ता नाइट राइडर्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरे । टस हारेर पहिलो ब्याटिङको म्तिो पाएको कलकत्ताले दिएको १ सय ८६ रनको लक्ष्य पाएधको दिल्लीलाई समान १स य ८५ रनमात्रै बनाउन सक्यो ।

दिल्लीका पृथ्वी श्वाले ९९ रन बनाए । उनले ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, दिल्लीका लागि कप्तान श्रयस अयरले ४३ रन, शिखर धवनले १६ रन रिसभ पन्तले ११ रन र कोलिन इनग्रामले १० रन बनाएका थिए ।

दिल्लीविरुद्ध कुलदिप यादवले उत्कृष्ट बलिङ गर्दै दिल्लीलाई बराबरी रनमा रोक्न सफल भएका थिए । दिल्लीव्रिरुद्ध अन्तिम ओभर बलिङ गर्न आएका कुल्दीपले अन्तिम २ बलमा लगातार २ विकेट लिएपछि खेल बराबरीमा रोकिएको थियो । त्यस्तै, दिल्लीविरुद्ध लोकिइ फारगुसन, पियुस चावला र आन्द्रे रुसेलले समान एक—एक विकेट लिए ।

त्यस्तै, दिल्लीविरुद्ध पहिलो ब्याटिङ गरेको कलकत्ताका लागि घरेलु टोलीविरुद्ध कलकत्ताका आन्द्रे रुसेलले आक्रामक ब्याटिङ गरेका थिए । उनले २८ बलको सामना गर्दै ६ छक्का र ४ चौका प्रहा्र गरेका थिए । त्यस्तै, कप्तान दिनेश कार्तिकले पनि अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ५० रन बनाए ।

कलकत्ताविरुद्ध दिल्लकिा लागि नेपाली लेग स्पिनर सन्दीप् लामिछानेले १ विकेट लिएका थिए । जुन दिल्लीका लागि पहिलो विकेट थियो । उनले निखिल नायकको विकेट लिएका थिए ।

पहिलो ओभरमा ५ बल डट फालेका उनले १ रन खर्चिएका थिए । दोस्रो ओभरमा ६ रन खर्चिएका सन्दीपले निखिल नायकको विकेट लिएका थिए । तेस्रो ओभरमा शुबमन गिललाई रनआउटसहित ३ रन खर्चिएका सन्दीप चौथो केही मंहगो साबित भए । उनले २ छक्का र १ चौकासहित १७ रन खर्चिए ।

त्यस्तै, दिल्लीका लागि कलकत्ताविरुद्ध हर्ष पटेलले २ विकेट लिए भने अमित मिश्रा, कागिसो रबाडा र क्रिस मोरिसले समान एक—एक विकेट लिएका थिए ।

कलकत्तालाई पराजित गरेको दिल्ली लिगको ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलमा लगातार जित हात पारेको कलकत्ता पराजित भएपनि समान ४ अंकसहित रनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ३२ बजे

चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ– चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म