डोट्याली लोकसंस्कृतिको पुस १५– असिका, माणा, निसौसे, रोट खाँदै मनाउँछन् स्थानीय | Khabarhub Khabarhub

डोट्याली लोकसंस्कृतिको पुस १५– असिका, माणा, निसौसे, रोट खाँदै मनाउँछन् स्थानीय


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– डोट्याली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको ‘पुसे १५’ पर्व सुदूरपश्चिम प्रदेशमा आज (मंगलबार) हर्षोल्लासपूर्वक मनाइँदै छ । एकापसमा ‘लोक कथा’ र ‘दन्त्य कथा’ सुन्ने र सुनाउने पर्वका रुपमा यसलाई लिइने गरिन्छ । डोट्याली लोकसंस्कृतिमा ‘पुसे १५’लाई विशेष महत्वका रुपमा लिइन्छ ।

पुस १५ को रातलाई ‘ठूली रात’ मानेर घरमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा रहीआएको छ । दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेरिन्छ । पुस १५को रात वर्षभरिकै सबैभन्दा लामो रात मानिन्छ ।

छर छिमेक एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूल खाने गरिन्छ । साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोट्याली खानाका मीठा परिकार बनाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एवं दन्त्य कथा सुन्ने सुनाउने प्रचलन पनि छ ।

स्थानीय डिल्लीराज भट्ट पुस १५ गतेको रातमा १५ हात लामो दाउराको मुढोको आगो ताप्नुपर्ने र आपसमा हाँसो–ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन रहेको बताउँछन् ।

पुस १५ पर्वको तयारीस्वरुप हरेक घरका गृहेणीले आआफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन् । पर्वमा विवाहिता छोरीबेटीलाई घरमा आमन्त्रण गरी भव्यरुपमा स्वागत र सत्कार गर्ने गरिन्छ ।

विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्साउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको जानकारको भनाइ छ । पर्वको मौलिकपना लोप हुन नदिन सबै सचेत हुन जरुरी देखिन्छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  २ : ४८ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम