पानीले भरिएको ट्याङ्करले सोह्रखुट्टेमा दियो ६ वटा गाडीलाई ठक्कर, चालक फरार | Khabarhub Khabarhub

पानीले भरिएको ट्याङ्करले सोह्रखुट्टेमा दियो ६ वटा गाडीलाई ठक्कर, चालक फरार


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा पानी बोक्ने एउटा ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ।

मंगलबार बिहान बुढानिलकण्ठको गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकरले ‌स्रोहखुट्टेको ओरालोमा ५ वटा गाडी र एउटा मोटरसाइकललाई ठक्कर दिएको हो ।

गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएर रोकिएको थियो । ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको छ ।

ट्यांकरले ४ वटा कार, एउटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिएको हो । ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जानकारी दिएको छ ।

प्रहरीले ट्याङ्कको ब्रेक फेल भएको विवरण प्राप्त भएको जनाएको छ । गाडीलाई ठक्कर दिने ट्याङ्करका चालक भने फरार छन् । प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १ : ०५ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन