कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत | Khabarhub Khabarhub

कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सात महिनामा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाको भव्य स्वागत भएको छ ।

चीनको सिसापाङ्मा हिमाल चढेसँगै कीर्तिमान बनाएका उनी बुधबार स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनलाई पञ्चैबाजा र नेपाल प्रहरीले ब्याण्ड बाजाले स्वागत गरिएको थियो । आरोही पुर्जालाई गाडीमा राखेर नगर परिक्रमा समेत गराइएको थियो ।

पुर्जाले छोटो अवधिमा ८ बजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहणको कीर्तिमान बनाएका हुन् । उनी ८ हजार मिटर भन्दा अग्ला सबै हिमाल चढ्ने समग्रमा ४३ औं आरोही हुन् भने नेपालका चौथो आरोही हुन् ।

यो पनि पढ्नुहोस्

हिमाल आरोहणमा निर्मल पुर्जाको विश्व कीर्तिमान

 

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : १५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई