हिमाल आरोहणमा निर्मल पुर्जाको विश्व कीर्तिमान « Khabarhub

हिमाल आरोहणमा निर्मल पुर्जाको विश्व कीर्तिमान


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली आरोही निर्मल पुर्जाले हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएका छन् । उनले सात महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको लगातार आरोण गरे विश्व कीर्तिमान कायम गरेका हुन् ।

बेलायती सेनामा कार्यरत म्याग्दी, अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाले मंगलबार बिहान चीनको तिब्बतमा अवस्थित शीशापाङ्मा हिमालको सफल आरोण गरेसँगै यो कीर्तिमान रचेका हुन् ।

यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले भने करिब ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।

८ हजार २७ मिटर उचाईको विश्वकै चौथो अग्लो हिमालको सफल आरोहणपछि उनले ट्वीट गर्दै लेखेका छन्, ‘लक्ष्य पूरा भयो ।’

चिनियाँ सरकारले सन् २०१९ सम्मलाई शीशापाङ्मा हिमाल आरोणमा प्रतिबन्ध लगाए पनि विश्व कीर्तिमानका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै उनले विशेष अनुमति पाएका थिए ।

गएको सेप्टेम्बरमा नै उनको अभियान शीशापाङ्मा हिमाल आरोहण गर्ने तयारीमा थियो । तर चीन सरकारले अनुमति नदिँदा केही समय पछाडि सरेको थियो ।

उनको यो आरोहण अभियान गत बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट सुरु भएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ४ : ४८ बजे

आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरका मठमा तुलसीको दल राख्दै

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीले आज आआफ्नो घरको मठमा तुलसीको दल

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह