विप्लव समूहले लुकाइ राखेको विस्फोटक पदार्थ बरामद | Khabarhub Khabarhub

विप्लव समूहले लुकाइ राखेको विस्फोटक पदार्थ बरामद


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर – झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरको कोठामा भण्डारण गरेर राखिएको २५ किलो विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले विस्फोटक पदार्थ भण्डारण गरेर राखेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले बरामद गरेको सोमबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

जुटको बोरामा लुकाइछिपाइ भण्डारण गरी राखेको अवस्थामा ‘हाइ एक्सप्लोसिभ’ लेखिएको २०५ लोला बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आइतबार राति बरामद गरिएको उक्त विस्फोटक पदार्थ २५ केजी रहेको छ । उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधि भनी चन्द समूहका झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इञ्चार्ज सुमनसिंह पौडेल, जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टीका पोखरेलले एक महिनाअघि स्थानीयको घरमा भण्डारण गरेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले दुई हप्ताअघि हातहतियारसहित पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राज्यविरुद्धको कसूर, जबर्जस्ती चन्दा असुली र सङ्गठित अपराधअन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : ३६ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी