जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छ : पूर्वसभामुख नेम्वाङ | Khabarhub Khabarhub

जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छ : पूर्वसभामुख नेम्वाङ


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- पूर्वसभामुख सुवास नेम्वाङले जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिने बताएका छन् । उनले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताए ।

सोमबार इलाममा तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले संविधान परिवर्तनीय भएकाले कुनै पनि बेला संशोधन गर्न सकिने बताए ।

वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेता नेम्वाङले बताए ।

जिल्लामा विद्युत् र यातायातको सुविधा पुर्‍याउन आफू प्रयत्नशील रहेको उनले बताए । “विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन”, नेता नेम्वाङले भने, “अहिले कति विकास भएको छ आफैँ देख्न सकिन्छ ।” जिल्लाका सबै घरमा विद्युत् पुर्‍याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ३ : १० बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।