पहिरोपिडितलाई नयाँ घर | Khabarhub Khabarhub

पहिरोपिडितलाई नयाँ घर


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पहिरोका कारण घरबारबिहीन बनेका पर्वतका २२ परिवारले एक वर्षपछि नयाँ घर पाएका छन् । जलजला गाउँपालिका–४, ७ र ८ का २२ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।

गत वर्ष साउन १ गतेको बाढी र पहिरोपीडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सीजीके र आईएनफए संस्थाको सहयोगमा निर्माण गरिएका घर हस्तान्तरण गरिएको हो । जलजला गाउँपालिका–८ बेरनेटामा मा १७, वडा नं ७ लस्तीमा चार र वडा नं ४ मिलनचोकमा रु ९३ लाख ९४ हजारको लागतमा पहिरोपीडितका लागि दुईकोठे घर निर्माण गरिएको हो ।

पीडितलाई घर बनाउन जग्गा उपलब्ध गराएको जलजला–८ का वडाध्यक्ष हरिविकास जिसीले बताए । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र प्रजिअ कल्पना घिमिरेले घर हस्तान्तरण गरे। पहिरोपीडित अधिकांश दलित समुदायका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ९ : ३४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र