चेम्बरद्वारा दुई दिने रक्त परीक्षण शिविर | Khabarhub Khabarhub

चेम्बरद्वारा दुई दिने रक्त परीक्षण शिविर


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व हेपाटाइटिस दिवसको अवसर पारेर नेपाल चेम्बर अफ कमर्सले एसआरएल डाइग्नोसिस प्रा.लि.को सहयोगमा रक्त परीक्षण शिविर सञ्चालन गरेको छ ।

मंगलबारदेखि शुरु गरिएको रक्त परीक्षण बुधबारसम्म चल्नेछ । रक्त परीक्षण शिविरमा एचबिएसएजी (HBsAg-Rapid Screen Text) , थाइराइड प्रोफाइल टेष्ट (Thyroid Profile Test(T3,T4,Ts) ) र सुगर (Sugar Random) को परीक्षण सम्बन्धित बिज्ञ डाक्टर एंव प्राविधिकबाट गराइने छ ।

मंगलबार पहिलो दिन चेम्बरका पदाधिकारी, कर्मचारी, वस्तुगत एंव अन्य आबद्ध संघका पदाधिकारी एंव सदस्यहरु, उद्योगी व्यवशायी एंव सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको समेत उपस्थितिमा रक्तपरीक्षण गरिएको थियो ।

बुधबार अपरान्ह १ बजेदेखि साढे ५ बजेसम्म रक्त परिक्षण कार्यक्रम रहेको छ । सो कार्यक्रमको आयोजना चेम्बर अफ कमर्स तथा शिक्षा तथा खेलकुद समितीको सहकार्यमा गरिने छ ।

रक्त परीक्षण कार्यक्रममाा समितिका सभापती दिपक काजी तुलाधरले विगत केही वर्षदेखि नै चेम्रले यस किसिमका सचेतनामूलक कार्यक्रम गरीएको जनाए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ४५ बजे

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर